मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बारामा दुई ट्रक एक आपसमा ठोकिदाँ एक ट्रक जलेर नष्ट

एक्सप्रेस पाना
जेठ १४, २०७९ शनिबार
  • 313
    SHARES
  • बारामा दुई ट्रक एक आपसमा ठोकिदाँ एक ट्रक जलेर नष्ट

    जेठ १४ बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा दुई ट्रक एक आपसमा ठक्कर ठोक्किँदा दुर्घटना भएको छ । दुई ट्रक मध्ये एक ट्रकमा आगलागी भएर जलेर नष्ट भएको छ ।

    images

    उपमहानगरपालिकाको वडा नम्बर-२२ स्थित तीन नम्बर पुल र ४ नम्बर पुलको मोडमा शनिबार दुईवटा ट्रक आपसमा ठोक्किएका हुन् ।

    हेटौंडाबाट बारा आउँदै गरेको ना६ख ३२८६ नम्बरको ट्रक र बाराबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख ४२४२ नम्बरको मिनी ट्रक पुलको मोडमा ठोक्किएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा ना६ख ३२८६ नम्बरको ट्रकको तार सट भई जलेर नष्ट भएको जिल्ला ट्राफिक कार्यालय बाराले जनाएको छ ।

    images