मंगलबार, कार्तिक १८ गते २०८३
images
images

जहाज बेपत्ता अपडेट : १९ यात्रु लिएर उडेको थियो

एक्सप्रेस पाना
जेठ १५, २०७९ आइतबार
  • 383
    SHARES
  • जहाज बेपत्ता अपडेट : १९ यात्रु लिएर उडेको थियो

    जेठ १५ पोखरा । जोमसोमका लागि पोखराबाट तारा एयरको ट्वीनअटर विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर, जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको छैन ।

    images

    विमानस्थलका अनुसार जहाजमा १९ यात्रु थिए । अहिले हेलिकोप्टर पठाउने तयारी भइरहेको छ । एउटा हेलिकोप्टर जोमसोममै भए पनि मौसम खराबीका कारण उड्न नसकेको बताइएको छ ।

    अहिले यो रुटमा बादल लागिरहेको बताइएको छ । यसअघि बिहान समिट एयरको २ जहाज जोमसोम पुगिसकेको थियो ।

    images