मंगलबार, कार्तिक १८ गते २०८३
images
images

तारा एयरले भन्यो- जहाज अहिलेसम्म सम्पर्कमा छैन, खोजी कार्य जारी छ

एक्सप्रेस पाना
जेठ १५, २०७९ आइतबार
  • 363
    SHARES
  • तारा एयरले भन्यो- जहाज अहिलेसम्म सम्पर्कमा छैन, खोजी कार्य जारी छ

    जेठ १५ काठमाडौं । आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज अहिलेसम्म फेला नपरेको एति एयरले जनाएको छ । पोखराबाट जोमसोमको लागि ९:५५ बजे उडेको तारा एअरको जहाज अहिलेसम्म सम्पर्कबाहिर रहेको एति एयरले जनाएको हो । 

    images

    सम्पर्कविहीन भएपश्चातदेखि नै स्थल तथा हवाई मार्गमार्फत तीव्र रूपमा खोजी कार्य भइरहेको एति एयरले विज्ञप्तिमार्फत जनाएको छ । 

    वायुयान हराइरहेको सम्भावित स्थान न्याउरीकोट, कोवाङ्ग, लेते, घोडेपानी र टिटि ताल वरिपरि खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी तथा तारा एअरको उद्धार टोली परिचालन गरिएको छ । नेपाली सेनाको एमआई १७ र फिस्टेल एअरको हेलिकप्टोरमार्फत् पनि खोजी भइरहेको एति एयरले जनाएको छ । 

    images

    तारा एयरको टुइनेटर विमान अन्तिम पटक जोमसोम टावरसँग १०:०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो ।

    Avatar