आइतबार, भाद्र २८ गते २०८३
images

गुजरात टाइटन्सलाई आइपिएलको उपाधि

एक्सप्रेस पाना
जेठ १६, २०७९ सोमबार
  • 266
    SHARES
  • गुजरात टाइटन्सलाई आइपिएलको उपाधि

    जेठ १६ काठमाडौं । यसै सिजन ‘डेब्यु’ गरेको गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) टि२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । गुजरातले उपाधि भिड्न्तमा आइतबार राजस्थान रोयल्सलाई सात विकेटले पराजित गर्दै आइपीएलको १५औं सिजन आफ्नो नाममा लेखायो । यससँगै गुजरात आइपिएलको उपाधि जित्ने सातौं टिम बनेको छ ।

    images

    अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा राजस्थानले प्रस्तुत गरेको एक सय ३१ रनको लक्ष्य गुजरातले १८.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।

    गुजरातको जितमाा सुभमन गिलले सर्वाधिक ४५ रन बनाए । गिलले ४३ बलमा तीन चौका र एक छक्का प्रहार गरे । यस्तै, आक्रामक ब्याटिङ गर्दै टिमलाई जितसम्म डोहोर्याएका डेभिड मिलरले १९ बलमा तीन चौका र एक छक्कासहित ३२ रन बनाए ।

    images

    राजस्थानका ट्रेन्ट बोल्ट, प्रसिद्ध क्रिष्णा र युजवेन्द्र चहलले समान एक विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # आइपिएल