मंगलबार, कार्तिक १८ गते २०८३
images
images

म्याग्दीमा ३८ वर्षीया महिला बलात्कृत

एक्सप्रेस पाना
जेठ १६, २०७९ सोमबार
  • 294
    SHARES
  • म्याग्दीमा ३८ वर्षीया महिला बलात्कृत

    जेठ १६ म्याग्दी । जिल्लामा ३८ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले बेनी नगरपालिका–९ घतान बस्ने ६२ वर्षीय भक्ते दमाईलाई आइतबार पक्राउ गरेको छ । 

    images

    दमाईले ती महिलालाई खेतमा काम गरी फर्कने क्रममा आफ्नै घरमा लगि शनिबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले प्रहरी चौकी पारिबेनी पर्वतको सहयोगमा पर्वत जलजला गाउँपालिका–४ कजनिया भन्ने स्थानबाट उनलाई पक्राउ गरेको हो ।     

    images

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।