मंगलबार, कार्तिक १८ गते २०८३
images
images

लघु जलबिधुत परियोजना, फल्चा, ढुंगे धारा शिलान्यास सम्पन्न

एक्सप्रेस पाना
जेठ १६, २०७९ सोमबार
  • 332
    SHARES
  • लघु जलबिधुत परियोजना, फल्चा, ढुंगे धारा शिलान्यास सम्पन्न

    जेठ १६ काठमाडौं । समुत्थान्शील बस्तीको आयोजनामा गणतन्त्र दिवसको उपलक्ष्यमा दुई चरणको कार्यक्रम गरि नुवाकोट शिवपुरी गाँउ पालिका वडा न.७ मा शियर प्रमाण पत्र वितरण तथा तीन वटा शिलान्यास (लघु जलबिधुत परियोजना , फल्चा , ढुंगे धारा ) सम्पन्न भएको छ ।

    images

    पहिलो चरणमा सम्पूर्ण सदश्यहरुलाई विशिष्ट अतिथि टोखा संस्कृतिका मूल नायो हेमराज श्रेष्ठले संस्थाको शियर प्रमाण पत्र बितरण गर्नु भएको थियो। कार्यक्रमका सभापति मनिराज डंगोलले उक्त कार्यक्रमको औचित्य प्रस्तुत गर्नुका साथै आज गणतन्त्र दिवसको उपलक्षमा सबैमा शुभकामना दिनुहुँदै समृद्धिको स्रोत पहिचान ,संरक्षण र निर्माणको लागि आज सिलान्यास गरेका हौ भनु भयो ।

    सुखी नेपाली र समृद्ध नेपालका लागि उक्त कार्यक्रमका प्रमुख अतिथि शिवपुरी गाउँ पालिकाका वडान.७ का अध्यक्ष बिर बहादुर तामांगले ३ वता परियोजनाको ब्यानरमा हस्ताक्षर गरि शिलान्यास गर्नु भयो। प्रमुख अतिथि तामांगले निकट भबिष्य सुर्य चौरदेखि यस बस्ति तलसम्म बाटोको ट्रक खोलि सिंढी बनाउने योजना भएको बताउनु भयो। यस समुत्थानशिल बस्ति लाई हार्दिक स्वागत गरि आउँदा दिनमा आफु र वडाको तर्फ बात सक्दो सहयोग गर्ने बचन दिनु भयो। हाल सम्मको यस बस्तीले खोलेको बाटोकोलाइ धन्यबाद ब्यक्त गर्दै यो आयोजनाले यस गाउँको मुहार नै फेरिने बताउनु भयो।

    images

    कार्यक्रममा विशिष्ट अतिथिहरुमा भक्तपुर संग्रहालय तथा कला संग्रहालयका प्रमुख अरुणा नकर्मी , टोखा संस्कृतिका मूल नायो हेमराज श्रेष्ठ , हनुमान ढोका दर्बार, पुरातत्व अधिकृत करुणा नकर्मी , त्रि बि. का उपप्राध्यापक डा जुनु बासुकला ले पनि शिलान्यास ब्यानरमा हस्ताक्षर गरि उद्घाटनमा सहभागी हुनु भयो।

    कार्यक्रममा भक्तपुर संग्रहालय तथा कला संग्रहालयका प्रमुख अरुणा नकर्मीले नेपाली शैलीको र यहाको बस्तु हरु नै नेपालि मौलिक घरहरु यस बस्तीमा बनाउनु पर्ने आफ्नो धारणा राख्नु भयो। यस बस्तीलाई आफुले सक्दो सहयोग गर्ने कुरा व्यक्त गर्नु भयो। सोहि कार्यक्रममा यस बस्तिका सदश्य तथा पत्रकार कुमार रन्जितले गोबिन्द वियोगी प्रतिष्ठान पनि यहाँ संगै भएको र त्यहाँ देश विदेशबाट आउने प्रशिक्षार्थीहरुलाई होम स्टे खोलि यहा स्वागत गर्नु पर्ने बताउनु भयो। कार्यक्रम संचालक रत्न प्रसाद अनामानी श्रेष्ठले यस बसिमा दुलाहा र दुलही ढुंगा रहेको र सो को संरक्षण गर्नु पर्ने बताउनु भयो। सोहि कार्यक्रममा उक्त बस्तीलाई उपयुक्त घरको डिजायन पनि निर्माण कम्पनीले प्रस्तुत गर्नु भएको थियो स्मरणीय कुरा यो छ कि सम्पूर्ण अतिथि पाहुनाहरुलाई स्थानीय गुरुङ गाउँका भाई बहिनिहरुले त्यसै गाउँमा फलेको आर्गानिक र एकदम मिठो मायाले भरिपूर्ण एक एक झोला खुर्पानी उपहार दिएर न्यानो स्वागत गर्नु भएको थियो।