मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बसको ठक्करबाट युवकको मृत्यु

एक्सप्रेस पाना
जेठ १८, २०७९ बुधबार
  • 213
    SHARES
  • बसको ठक्करबाट युवकको मृत्यु

    जेठ १८ सप्तरी । सप्तरीको कंचनरुप नगरपालिका–१२ मा गएराती बसको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय युवक रहेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको छ । 

    पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ८२५ नम्बरको बसले गएराती ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो । 

    images

    दुर्घटनामा संलग्न बस सहित चालकलाई इलाका प्रहरी कार्यालय कंचनपुरले नियन्त्रणमा लिएको छ ।