मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रपति भण्डारीद्वारा बडीमालिकाको पूजा

एक्सप्रेस पाना
जेठ १८, २०७९ बुधबार
  • 287
    SHARES
  • राष्ट्रपति भण्डारीद्वारा बडीमालिकाको पूजा

    जेठ १८ बाजुरा । राष्ट्रपति विद्यादेवी भण्डारीले बडीमालिकामा आज बिहान पूजा आराधना गरेकी छिन् । जिल्लाको खप्तडमा लाग्ने गङ्गादशहराका बेला देशका प्रतिष्ठित व्यक्तित्वले बडीमालिका र खप्तडमा पूजाआजा गर्ने प्रचलन रहेको छ ।

    images

    जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकामा जेठ महिनामा लाग्ने गङ्गादशहराको पहिले नै बडीमालिकाको पूजा गर्ने प्रचलनअनुसार आज राष्ट्रपति भण्डारीले पूजा आराधना गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए ।