मंगलबार, कार्तिक १८ गते २०८३
images
images

तारा एयरको पोखरा-जोमसोम-पोरखा उडान बन्द

एक्सप्रेस पाना
जेठ १९, २०७९ बिहीबार
  • 276
    SHARES
  • तारा एयरको पोखरा-जोमसोम-पोरखा उडान बन्द

    जेठ १९ काठमाडौं । तारा एयरको पोखरा-जोमसोम-पोरखा उडान बन्द हुने भएको छ । २० देखि २७ जेठसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको यति एयरले जनाएको छ । 

    images

    बिहीबार सूचना जारी गर्दै यति एयरले विशेष कारणबस भोलि २० देखि २७ जेठसम्मका लागि तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान स्थगति गरिएको जनाएको छ । 

    पोखरादेखि जोमसोमका लागि उडेको तारा एयरको विमान आइतबार दुर्घटनामा परेको थियो । दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो । विमान दुर्घटनामा परी ज्यान गुमाउनेहरूको शव आज मात्रै आफन्तलाई बुझाइएको छ । 

    images

    सरकारले उक्त विमान दुर्घटनाका विषयमा जाँच गर्न एक आयोग गठन गरेको छ । उक्त आयोगलाई विमान दुर्घटनाको कारण र आगामी दिनमा दुर्घटना हुन नदिन चालिनुपर्ने कदमबारे सुझाव दिन कार्यादेश सरकारले दिएको छ । 

    Avatar