मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पल शाहको मुद्दाबारे उच्च अदालतमा बहस चल्दै

एक्सप्रेस पाना
जेठ १९, २०७९ बिहीबार
  • 283
    SHARES
  • पल शाहको मुद्दाबारे उच्च अदालतमा बहस चल्दै

    जेठ १९ पोखरा । बलात्कार आरोपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहको साधारण तारेख मागसम्बन्धी निवेदनमा  उच्च अदालतमा वहस सुरु भएको छ । न्यायधीश  द्वय उज्वल शुक्ल र श्री धराकुमारी पुडासैनीको संयुक्त इजलासमा दुवै तर्फका वकिलहरुले बहस गरिरहेका छन् । पल शालको ५ जना र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गर्दैछन् ।

    images

    उच्च अदालत पोखरामा शाहको तर्फबाट वकिलहरुले निवेदन दिएका थिए । ११ फागुनमा शाहले अदालतमा आत्मसमर्पण गरेका थिए । १० चैतमा उनलाई पुर्पक्षका लागि जिल्ला अदालतले जेल चलान गरेको थियो । १५ चैतमा  उच्च अदालतमा बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी  निवेदन दिएका थिए । त्यसपछि लगातार ४ पटक पेसी  सरिसकेको छ ।