मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बेँसीसहरको पहिलो निर्णय : अतिविपन्न र दलित विपन्नको स्वास्थ्य बिमा नि:शुल्क

एक्सप्रेस पाना
जेठ १९, २०७९ बिहीबार
  • 257
    SHARES
  • बेँसीसहरको पहिलो निर्णय : अतिविपन्न र दलित विपन्नको स्वास्थ्य बिमा नि:शुल्क

    जेठ १९ लमजुङ । बेँसीसहर नगरपालिकाले अतिविपन्न र दलित विपन्नको स्वास्थ्य बिमा नि:शुल्क गरिदिने भएको छ । बिहीबार बसेको नगर कार्यपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

    images

    नगरप्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा बसेको बैठकले सबै समुदायका अतिविपन्न नागरिक र दलित समुदायका विपन्नहरूको उपचार पहुच सहज बनाउने उद्देश्यले  स्वास्थ्य बिमा नि:शुल्क गर्ने निर्णय गरेको हो ।

    बैठकले पाँच ‘एम्पिएर’मा २० युनिटभन्दा कम विद्युत खपत गर्ने विपन्न घरपरिवारलाई नि:शुल्क गराउने, ५० प्रतिशत अनुदानमा विद्युतीय चुल्हो वितरण गर्ने र आवास क्षेत्रका नांङ्गो तारलाई प्लास्टिक कोटेड गराउने निर्णय गरेको छ ।

    images

    कार्यपालिकाको पहिलो बैठकले बेँसीसहर नगरपालिकाको बृहत्तर विकासका लागि विशेषज्ञ समूह गठन गर्ने, सतप्रतिशत घरधुरीमा खानेपानी धारा पुर्‍याउने, ६० वर्षमाथिका एकल पुरुष, ‘ग’ वर्गका अपांगता भएका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने र हरेक बैठकमा अघिल्लो बैठकको निर्णय कार्यान्वयन अवस्थाबारे समीक्षा गर्ने लगायतका निर्णय गरेको छ ।