मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सार्वजनिक सवारीको भाडा घट्यो

एक्सप्रेस पाना
जेठ २०, २०७९ शुक्रबार
  • 404
    SHARES
  • सार्वजनिक सवारीको भाडा घट्यो

    जेठ २० काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रूपैयाँका दरले घटेसँगै विभागले पनि यातायातको भाडा घटाएको हो । नेपाल आयल निगमले बिहीबार मात्रै पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएको थियो ।

    images

    यात्रुबाहक सवारीमा २ प्रतिशतले मूल्य घटेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाह सवारीको भाडा २।६ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २।९ प्रतिशतले घटेको हो । 

    सरकारले सार्वजनिक सवारीको भाडादर स्वचालित आधारमा व्यवस्था गर्दै आएको छ । इन्धनको मूल्य ५ प्रतिशतले बढेमा वा घटेमा विभागले सवारीको भाडादर समायोजना गर्दै आएको छ । 

    images

    थप जानकारीका लागी यो लिंक र्होनुहोस् । 

    BL.final.2079.02.20-aNaTaRa-PaRaThaSha-BhaDaThaRa.pdf.pdf :To download file click here

     

     

  • सम्बन्धित विषय:

  • # यातायात