मंगलबार, कार्तिक १८ गते २०८३
images
images

गण्डकी सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिन लागेपछि पोखरामा विरोध प्रदर्शन

एक्सप्रेस पाना
जेठ २०, २०७९ शुक्रबार
  • 211
    SHARES
  • गण्डकी सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिन लागेपछि पोखरामा विरोध प्रदर्शन

    जेठ २० पोखरा । गण्डकी प्रदेश सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिन लागेपछि पोखरामा विरोध प्रदर्शन भएको छ । गैरसरकारी संस्था महासंघ र नागरिक समाजले मुख्यमन्त्री कार्यालय नजिक बिरोध प्रदर्शन गरेको हो ।

    images

    १२ जेठको मन्त्रिपरिषद बैठकले पूर्वपदाधिकारीलाई सुविधा दिन कानुन मस्यौदा समिति गठन गरेको छ । उक्त समिति गठन भएपछि समिति नै खारेजीको माग गर्दै विरोध कार्यक्रम गरिएको हो । 

    प्रदेश सरकारले पूर्वपदाधिकारीहरूलाई सेवासुविधा दिन कानुन ल्याउने तयारी गरेको सुनिएको छ, गैसस महासंघका प्रदेश अध्यक्ष गोपाल खड्काले भने, राजनीति लाई पेशा  नबनाइयोस् । उक्त निर्णय तुरून्त फिर्ता गरियोस् ।

    images

    कतिपय नवनिर्वाचित जनप्रतिनिधिहरूले पाउने सुविधा सामाजिक क्षेत्रमा दिने र कतिपयले नलिने घोषणा गरेको भन्दै उनले सबैले सोही अभियान चलाउनुपर्ने बताए ।