मंगलबार, कार्तिक १८ गते २०८३
images
images

स्कुटर र टिपर ठोक्किँदा एक जनाको मृत्यु

एक्सप्रेस पाना
जेठ २२, २०७९ आइतबार
  • 254
    SHARES
  • स्कुटर र टिपर ठोक्किँदा एक जनाको मृत्यु

    जेठ २२ तनहुँ । जिल्लाको व्यास नगरपालिका–१२ देउरालीमा हिजो साँझ स्कुटर र टिपर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा स्कुटर चालक तनँहुको बन्दिपुर गाउँपालिका–१ का अन्दाजी २१ वर्षीय ईश्वर क्षेत्री रहेका छन् । 

    टिपरको ठक्करबाट गम्भीर घाइते भएका क्षेत्रीको उपचारको क्रममा जिल्ला अस्पताल दमौलीमा साँझ सवा ६ बजे मृत्यु भएको हो । 

    images

    दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको क्षेत्री सवार ग१५प १४८४ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ग१क ५५३३ नम्बरको टिपर हिजो साँझ ६ बजे आपसमा ठोक्किएका थिए । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।