मंगलबार, कार्तिक १८ गते २०८३
images
images

करेन्ट लागेर एक पुरुषको मृत्यु

एक्सप्रेस पाना
जेठ २२, २०७९ आइतबार
  • 319
    SHARES
  • करेन्ट लागेर एक पुरुषको मृत्यु

    जेठ २२ उदयपुर । जिल्लामा एक पुरुषको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चौदण्डीगढी नगरपालिका ४ बसाहाका ४७ वर्षीय धनकुमार राईको आफू सुत्ने कोठाकै विद्युतीय तारबाट करेन्ट लागेर मृत्यु भएको हो । 

    images

    शनिबार राति ९ बजे खाना खाएर सुत्ने बेला ढोका लगाउने क्रममा तार छुन पुगेपछि करेन्ट लागेर गम्भीर घाइते भएका थिए । तत्काल उद्धार गरी चौदण्डीगढी नगर अस्पताल बेल्टार ल्याइएकोमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जनाएको छ ।

    उनको शव बेल्टार अस्पतालमा पोष्टमार्टमको तयारी भईरहेको छ ।  

    images