मंगलबार, कार्तिक १८ गते २०८३
images
images

धकेलेर लडाउँदा गम्भीर घाइते भएका वृद्धको मृत्यु, एक पक्राउ

एक्सप्रेस पाना
जेठ २३, २०७९ सोमबार
  • 238
    SHARES
  • धकेलेर लडाउँदा गम्भीर घाइते भएका वृद्धको मृत्यु, एक पक्राउ

    जेठ २३ खोटाङ । धकेलेर लडाउँदा गम्भीर घाइते भएका वृद्धको मृत्यु भएपछि खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्ताम्छाका २९ वर्षीय मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । आपसी विवादका क्रममा धकेलेर लडाउँदा गम्भीर घाइते भएका सोही ठाउँका ६९ वर्षीय हरिप्रसाद राईको मृत्यु भएपछि मनकुमारलाई प्रहरीले पक्राउ गरेको हो । 

    images

    धकेलिएर लडेपछि गम्भीर घाइते भएका वृद्धको न्युरो अस्पताल काठमाडौँमा उपचारका क्रममा आइतबार राती मृत्यु भएको हो । अभियुक्तले १९ जेठको राति आपसी विवादमा धकेलेर लडाउँदा हरिप्रसाद गम्भीर घाइते भएका थिए ।  घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

     

    images