मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

एक्सप्रेस पाना
जेठ २३, २०७९ सोमबार
  • 230
    SHARES
  • मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    जेठ २३ बारा । जिल्लाको परवानीपुर गाउँपालिका–४ मा आज मोटरसाइकलको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा भारत घर भएकी ५५ वर्षीया गनजली देवी कोइरनी रहेकी छन् । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बयोधा अस्पताल वीरगन्जमा मृत्यु भएको हो । 

    चितवनबाट वीरगन्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००४ प ४२०० नम्बरको मोटरसाइकलले पैदल हिडिरहेकी कोइरनीलाई आज बिहान १० बजे ठक्कर दिएको हो । मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय परवानीपुरले नियन्त्रणमा लिएको छ ।
     

    images