मंगलबार, कार्तिक १८ गते २०८३
images
images

अन्ततः भोलिदेखि उठ्ने भयो काठमाडौंको फोहोर

एक्सप्रेस पाना
जेठ २३, २०७९ सोमबार
  • 242
    SHARES
  • अन्ततः भोलिदेखि उठ्ने भयो काठमाडौंको फोहोर

    जेठ २३ काठमाडौं । काठमाडौं महानगरपालिकाको लामो समयसम्म उठ्न नसकेको फोहोर अन्तत उठ्ने भएको छ । सोमबार भएको जनप्रतिनिधिहरुको छलफलले मंगलबारबाट काठमाडौं महानगरभित्र थुप्रिएको फोहोर उठाउने सहमति भएको हो ।

    images

    सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा बसेको जनप्रतिनिधिहरुबीचको बैठकले फोहोर व्यवस्थापन गर्ने सहमति जुटाएको हो । स्थानीयले राखेका विभिन्न माग पुरा गर्ने महानगरले प्रतिबद्धता जनाए पछि मंगलबार ८ बजेबाट काठमाडौंको फोहोर उठाउने सहमति भएको जनाइएको छ । बैठकमा काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल तथा ककनी, धुलिबेसी, गोकर्णेश्वर जनप्रतिनिधिको सहभागिता थियो ।

    सहमति पत्रमा सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट विभिन्न प्रतिवद्धता जनाइएका छन् । सहमतिअनुसार महानगरपालिकाले प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य बीमा एक हप्तामा सुरु गर्ने, उपत्यकामा उत्पादन हुने फोहोरलाई साउन १ गतेदेखि स्रोतमै वर्गीकरण गर्न प्रतिवद्धता जनाएको छ । सहरी विकास मन्त्रालयका तर्फबाट तीन र ६ वटा कामको विवरणमा प्रतिवद्धता जनाएसँगै आन्दोरतपक्षले फोहर बिसर्जन गर्न दिने भएको हो ।  गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका लगायतले फोहोर उठाउन सकेका छैनन् ।

    images