मंगलबार, कार्तिक १८ गते २०८३
images
images

माओवादी सांसद विश्‍वकर्माको प्रश्‍न – लाइसेन्स बनाउन किन महिनौं लाग्‍ने ?

एक्सप्रेस पाना
जेठ २४, २०७९ मंगलबार
  • 490
    SHARES
  • माओवादी सांसद विश्‍वकर्माको प्रश्‍न – लाइसेन्स बनाउन किन महिनौं लाग्‍ने ?

    जेठ २४ काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गाकुमारी विश्‍वकर्माले सवारी सञ्‍चालन अनुमति पत्र (लाइसेन्स) लिने प्रक्रिया छिटोछरितो बनाउन माग गरेकी छिन् ।

    images

    उनले लाइसेन्स बनाउन महिनौँ महिना कुर्नुपर्ने स्थिति रहेको बताइन् ।  संसद्‍मा बोल्दै उनले प्रश्‍न गरेकी छिन्, ‘लाइसेन्स बनाउने क्रममा महिनौँ महिना कुर्नुपर्ने स्थिति छ । छिटो छरितो किन हुन सकेन ?

    उनले यातायात कार्यालयलाई व्यवस्थित गर्दै सवारी लाइसेन्स छिटो दिन प्रणालीगत सुधार गर्नुपर्नेमा जोड दिइन् । 

    images

    सवारी लाइसेन्सको फारम भर्नै अहिले समस्या छ । यातायात व्यवस्था विभागले सेवालाई चुस्त नबनाएको भन्दै सर्वत्र विरोध हुँदै आएको छ ।