मंगलबार, कार्तिक १८ गते २०८३
images
images

तीन जना मृत अवस्थामा फेला

एक्सप्रेस पाना
जेठ २४, २०७९ मंगलबार
  • 350
    SHARES
  • तीन जना मृत अवस्थामा फेला

    जेठ २४ काठमाडौं । काठमाडौं, ललितपुर र डोल्पामा तीन जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका-४ सुकेधारा धोवीखोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

    images

    ललितपुरको ललितपुर महानगरपालिका-२२ फर्सिडोलस्थित बागमती खोला किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

    डोल्पाको जगदुल्ला गाउँपालिका-२ स्थित नेपाल खाद्य संस्थानको भवनको खुल्ला ग्यालरीमा बिपिन भन्ने हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३१ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।    

    images