मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मकवानपुरको बकैयामा मापदण्ड विपरीत नदि उत्खनन

एक्सप्रेस पाना
जेठ २५, २०७९ बुधबार
  • 421
    SHARES
  • मकवानपुरको बकैयामा मापदण्ड विपरीत नदि उत्खनन

    जेठ २५ हेटौंडा । पूर्वि मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ७ काे हिरामुनि खहरेमा मापदण्ड विपरीत लापरबाही रुपमा बालुवा उत्खनन गरेका छन्। 

    images

    बिगत ४ बर्ष अगाडि देखि बाट नै खहरेकाे बालुवा उत्खनन गर्दै  आए पनि त्यस ठाउँकाे बिकास भने केही नगरेकाे स्थानीय हरुले आराेप लगाएका छन् । कुनै मापदण्ड बिना यहाँ बालुवा उत्खनन गरेकाे र दुई ठाउँकाे ड्यामकाे भित्री भाग देखि ५० मिटर छाडेर लग्नु भने पनि जहा पाए त्यहा खनेकाे स्थानीयले  आक्राेस जनाएका छन्। 
     
    उनिहरुले भन्छन् कुनै चिन्ह नै नलगाई एकैरुपमा खन्नु पर्ने भएता पनि मनलागि रुपमा खनेकाे र वर्षा याममा हिरामुनि खहरे ले बस्ती  हान्ने डर भएको स्थानीय भाेजराज लामिछानेले बताए । उनले भने हाम्रो गाउँकाे सिँचाइकाे लागि भनेर पाेखरि खन्ने र तटबन्धको काम भईरहेकाे त्यसकाे छेउमा नै उनिहरुले बालुवा झिक्दा सिँचाइकाे पाइप र पाेखरि लाई बर्षायाम मा असर पार्ने भएको छ।

    उनी बन्छन टेन्डर भएको १ कराेड १८ लाख ६५ हजारकाे बिकास हाम्रो ७ नम्बर वडामा नै हुने भए हामी लाई गाउँपालिकाकाे बजेट आवश्यक पर्दैन थियाे । यहि खहरे ले पुरा  ७ नम्बर वडाकाे बिकासमा निकै टेवा दिन्थाे  ।

    images