मंगलबार, कार्तिक १८ गते २०८३
images
images

चट्याङ लागेर दुई जनाको मृत्यु

एक्सप्रेस पाना
जेठ २६, २०७९ बिहीबार
  • 245
    SHARES
  • चट्याङ लागेर दुई जनाको मृत्यु

    जेठ २६ काठमाडौं । सप्तरी जिल्लाको बोदे बर्साइन नगरपालिका-३ मधुवनमा चट्याङ लागेर बिहीबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोदे बर्साइन नगरपालिका-३ मधवन बस्ने ५६ वर्षीय रामजी यादव र सोही गाउँ बस्ने ८० वर्षीय सत्यनारायण यादव छन् ।

    images

     दिउँसो गाईभैंसी चराउन खेतमा गएको बेला दुबै जनासँगै रहेको बेला चट्याङ लागेको सप्तरीको प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

    चट्याङ लागेपछि उनीहरूलाई उपचारको लागि बोदे बर्साइन लाईफ लाइन केयर हस्पिटल प्रा।ली लग्ने क्रममा बाटोमै मृत्यु भएको हो ।

    images