जेठ २६ काठमाडौं । नेपाल-भारत मैत्री बस सेवाको बा ५ ख ७८४३ नम्बरको बस काठमाडौँबाट भारतको सिलीगुढीतर्फ जाँदै गर्दा पहिरोका कारण जाममा फसेको थियो ।
पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा जाम भएका कारण बसका सहचालक सुनसरी झुम्काका जनकबहादुर दाहाल बसको तल सुतेका थिए । शुक्रबार बिहान सबेरै साढे तीन बजेतिर अचानक बस चलेपछि बसले किचेर उनको ज्यान गएको छ ।
घटनाका विषयमा अनुसन्धान भइरहेको र शव पोस्टमार्टका लागि भरतपुरको सरकारी अस्पतालमा ल्याएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बस र चालकलाई मुग्लिनको इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
.jpg)


