मंगलबार, कार्तिक १८ गते २०८३
images
images

गुल्मीमा एक वृद्ध मृतावस्थामा फेला

एक्सप्रेस पाना
आषाढ १०, २०७९ शुक्रबार
  • 234
    SHARES
  • गुल्मीमा एक वृद्ध मृतावस्थामा फेला

    असार १० काठमाडौं । गुल्मीमा ९० वर्षीय वृद्ध मृतावस्थामा फेला परेका छन् । सत्यवती गाउँपालिका–७ जोहाङ्ग सोता बस्ने नरहरि भण्डारी सत्यवती गाउँपालिका–६ उल्लीखोलास्थित खोलाको छेउमा मृत फेला परेका हुन् । 

    images

    भण्डारी बुधबार दिउँसो ४ बजे घरबाट हिँडेका थिए । साँझसम्म पनि घरमा नआएपछि परिवारका सदस्य र स्थानीयवासीले खोज्ने क्रममा आज बिहान ८ः३० को समयमा खोलाको छेउमा फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक श्यामप्रसाद यादवले जानकारी दिए ।