मंगलबार, कार्तिक १८ गते २०८३
images
images

अविरल वर्षाको कारण डुवानमा परेकाहरुको सशस्त्र प्रहरीद्वारा उद्वार

एक्सप्रेस पाना
आषाढ ११, २०७९ शनिबार
  • 291
    SHARES
  • अविरल वर्षाको कारण डुवानमा परेकाहरुको सशस्त्र प्रहरीद्वारा उद्वार

    असार ११ कास्की । कास्की जिल्लाको पोखरा उपमहानगरपालिका २५ स्थित सुईखेतमा अविरल वर्षाको कारण नहरमा आएको पानी बहाव बढ्न गई म्याग्दे बस्तीमा पस्दा डुवानमा परेका करीव ७० घरपरिवारका ३ सय जना व्यक्तिहरुलाई सशस्त्र प्रहरीले असार १० गते सुरक्षित स्थानमा सारेको छ ।

    images

    सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिकाबाट सशस्त्र प्रहरी उपरीक्षक बिजय के.सी.को कमाण्डमा खटिएको
    सशस्त्र प्रहरीले उक्त घरपरिवारका सामान तथा पशुचौपाया सुरक्षित स्थानमा सारेको हो । उक्त स्थानमा पहिरो गई करीव १४ वटा बाख्रा समेत पुरिएको बताईएको छ ।

    चोरीपैठारीको सामान सहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
    महोत्तरी जिल्लाको गौशला नगरपालिका ५ स्थित निगौल चोकबाट असार ११ गते सशस्त्र प्रहरीले करीव ३ लाख ७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा सहित सोही जिल्लाको सम्सी गाउँपालिका २ बस्ने २१ वर्षिय शेख नजामलाई पक्राउ गरेको छ । भारतबाट अवैध रुपले ट्याम्पुमा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडा सहित उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय
    महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

    images

    त्यसवेला उक्त ट्याम्पु समेत बरामद गरिएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी गड्डाचौकीबाट खटिएको सशस्त्र प्रहरीले असार १० गते करीव ३ लाख रुपैयाँ बराबरको हार्डवयरका सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ११ स्थित भाईरल रोडबाट बरामद गरेको हो ।

    त्यसैगरी महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ५ स्थित पोखरभिण्डाबाट असार ११ गते सशस्त्र प्रहरीले ३ लाख ६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको हो ।