मंगलबार, कार्तिक १८ गते २०८३
images
images

भिरबाट लडेर एक मजदुरको मृत्यु

एक्सप्रेस पाना
आषाढ १४, २०७९ मंगलबार
  • 241
    SHARES
  • भिरबाट लडेर एक मजदुरको मृत्यु

    असार १४ चरीकोट । दोलखाको विगु गाउँपालिका–१ लामावगरको रिकु भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । लामावगरस्थित रिकु भिरबाट लडेर जाजरकोट जिल्ला छेदाघाट नगरपालिका–१० का ३२ वर्षीय नवीन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

    images

    लामावगर सिमीगाउँ जोडको सडक निर्माणका क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । सडक निर्माण गर्ने क्रममा लडेका पुनको शव विगु गाउँपालिका–१ स्थित रिकु भिरमुनि लडेको अवस्थामा शव फेला परेको दोलखाका प्रहरी निरीक्षक राजेश सिक्देलले जानकारी दिनुभयो । तामाकोसी किनारमा भिरको बीचमा शव फेला परेपछि नेपाली सेना र प्रहरीको टोलीले शव निकालेको थियो । हाल शवपरीक्षणका लागि चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतलामा राखिएको छ ।