मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नहरमा एक व्यक्ति मृत फेला

एक्सप्रेस पाना
आषाढ १४, २०७९ मंगलबार
  • 249
    SHARES
  • नहरमा एक व्यक्ति मृत फेला

    असार १४ काठमाडौं । कञ्चनपुरको बेदकोट नगरपालिका– ७ का ५५ वर्षीय लवदेव जोशी आज स्थानीय नहरमा मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जोशी मृतावस्थामा महाकाली सिँचाइको नहरमा भेटिएको बताए ।

    images

    “अहिले महाकाली प्रादेशिक अस्पतालमा शव परीक्षणका लागि राखिएको छ”, प्रहरी निरीक्षक बमले भन्नुभयो, “घटनाबारे विस्तृतमा अनुसन्धान हुँदैछ ।” मृतकका आफन्तले दिएको जानकारीअनुसार जोशी सोमबार साँझदेखि घर फर्किएका थिएनन् ।