असार १५ काठमाडौं । बाँके र बागलुङमा गए राति चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
बाँकको राप्तीसोनारी-३ नारायणपुरका ६ वर्षीय अभिषेक थारु र बागलुङको काठेखोला गाउँपालिका-४ तग्रापरखेतकी २८ वर्षी सुम्मा पुनको चट्याङ लागेर मृत्यु भएको हो ।
अभिषेक थारूको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
थारुसँगै रहेका सोही ठाउँका २२ वर्षीय ईश्वरी ओली पनि घाइते भएका छन् । उनको अहिले राप्तीसोनारी अस्पतालमा उपचार भइरहेको छ ।
सुष्मा पुनको चट्याङ लागेर मृत्यु भएको हो । पुन आफ्नै घरको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङमा परी घाइते भएकी हुन् । उनको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
यस्तै अविरल वर्षाका कारण आएको पहिराले गए राति गलकोट नगरपालिका–११ रिघास्थित कृष्णबहादुर कामीको घर पुरिएको छ। तीनतले कच्ची घर पहिरोले पुरिएको हो । मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
.jpg)


