मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मोटरसाइकलको ठक्करबाट दाङमा दुईजनाको मृत्यु

एक्सप्रेस पाना
आषाढ १७, २०७९ शुक्रबार
  • 279
    SHARES
  • मोटरसाइकलको ठक्करबाट दाङमा दुईजनाको मृत्यु

    असार १७ तुलसीपुर । दाङको घोराहीमा भएको दुर्घटनामा दुुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । 

    images

    गए राति घोराही उपमहानगरपालिका-७ बेसाईमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा३प २९२२ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक मुुकुन्दप्रसाद रिजालले बताए । उक्त दुर्घटनामा परी मोटरसाइकल चालक घोराही-१५ का ३५ वर्षीय गङ्गाबहादुर कवर र साइकलयात्री घोराही-७ का १६ वर्षीय रितेश केसीको मृत्यु भएको छ । दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परी मोटरसाइकलमा सवार घोराही-७ का ३८ वर्षीय वसन्त चौधरी र साइकलयात्री सोही ठाउँका १५ वर्षीय विनोद भण्डारी घाइते भएका छन् । घाइते दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । भण्डारीको हात र खुट्टामा चोट लागेको छ । चौधरीको मुख, नाक र टाउकोमा चोट रहेको रिजालले बताए । 

    images