मंगलबार, कार्तिक १८ गते २०८३
images
images

झापाको बुद्धशान्तिमा हात्ती मृत फेला

एक्सप्रेस पाना
आषाढ १७, २०७९ शुक्रबार
  • 542
    SHARES
  • झापाको बुद्धशान्तिमा हात्ती मृत फेला

    असार १७ झापा । जिल्लाको बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ । स्थानीयवासीले आज बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् । 

    images

    डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार वनरक्षकले मृत हात्तीलाई सुरक्षा घेरामा राखेका छन् । विज्ञलाई ल्याएर हात्तीको परीक्षण गरिने खत्रीले बताउनुभयो । हात्ती के कारणले मरेको भन्नेबारे परीक्षणपछि मात्र भन्न सकिने उहाँले बताउनुभयो ।