असार १७ हेटौंडा । आफ्नो विभिन्न माग पूरा नभए अनेरास्ववियुआन्दोलनमा उत्रने भएको छ । आज एक पत्रकार सम्मेलन गर्दै पटकपटक सम्वन्धित निकायलाई ध्यानाकर्षण गर्दा पनि वेवास्ता गरे आन्दोलनमा उत्रने अनेरास्ववियु मकवानपुर अध्यक्ष विशाल पौडेलले चेतावनी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियु मकवानपुरको अध्यक्ष पौडेलले कक्षा१/८ सम्मको विद्यार्थीलाई खाजा वापत रु। १५ वाट२५ वनाउनुपर्ने, विद्यार्थीलाई यातायातमा दिनुपर्ने ४५५ छुट दिनु पर्ने, जिल्लाको १० वटै स्थानिय तहको सामुदायिक विद्यालयमा पाठ्यपुस्तकको अभाव १ हप्तामा निराकरण गर्नु पर्ने, विद्यालय वरपर मदिराजन्य र सुर्तिजन्य पदार्थको विक्रिवितरणमा रोक लगाउनुपर्ने । शैक्षिक संस्था वरपर ठुला सवारी स्पिड कम गर्नु पर्ने , सार्वजनिक विदाको दिनमा सरकारी नम्बर प्लेटको गाडि चलिरहेकोले उक्त दिनमा बन्द गरिनु पर्ने वताए । आफ्नो माग कार्यान्वय नभए आन्दोलन गर्न वाध्य हुने बताए।
केहिदिन अगाडी मात्रै सिडिओलाई र हेटौंडाको नगर प्रमुखलाई पनि विभित्र माग सहित अनेरास्ववियुले ध्यानाकर्षण गराएका थिए ।
उक्त कार्यक्रममा अनेरास्ववियुको केन्द्रीय स्थायी कमिटी सदस्य तथा अनेरास्ववियु वागमती प्रदेश सह-ईन्चार्ज सन्तोष पौडेल, केन्द्रीय सचिवालय सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज किशन घिसिङ ष सह-ईन्चार्ज आशिष अस्लामी लगायत अनेरास्ववियु मकवानपुरको विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।
.jpg)


