मंगलबार, कार्तिक १८ गते २०८३
images
images

समाजबादी प्रेस संगठन नेपाल मधेस प्रदेश समितिको बिस्तारित बैठक बिरगंजमा सम्पन्न

एक्सप्रेस पाना
आषाढ १७, २०७९ शुक्रबार
  • 332
    SHARES
  • समाजबादी प्रेस संगठन नेपाल मधेस प्रदेश  समितिको बिस्तारित बैठक बिरगंजमा सम्पन्न

    असार १७ बिरगंज । समाजबादी प्रेस संगठन नेपाल मधेस प्रदेश  समितिको बिस्तारित बैठक बिरगंजमा आज सम्पन्न भएको छ । बैठकले श्रावण २८ र २९ गते मधेस प्रदेशको अधिबेशन गर्ने निर्णय गरेको छ । 

    images

    प्रदेश अधिबेशन अगावै श्रावण १५ गते भित्रैमा आठ वटा जिल्लाकै जिल्ला अधिबेशनहरु समेत गर्ने निर्णय गरेको छ । संगठनका प्रदेश संयोजक बृजलाल पासवानको अध्यक्षता र नेकपा (एकीकृत समाजबादी) का पोलिटब्युरो सदस्य एंव मधेस प्रदेश कमीका उपाध्यक्ष रामचन्द्र साहको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले असार मसान्त भित्रमा आठ वटै जिल्लाका सदस्यहरुको अध्यावधी गरि प्रदेश समितीमा बुझाउने निर्णय समेत भएको छ । यस्तै संगठन एंव सदस्यता बिस्तारको बिषयमा समेत विशेष छलफल भएको संगठनका संयोजक पसावानले बताए । 

    No description available.

    images

    बैठकले संघ र प्रदेश निर्वाचन केन्द्रित प्रचार अभियान चलाउने निर्णय गर्नुको साथै समाजबादी प्रेस संगठनका उपाध्यक्ष सितल साह बृहतर जनकपुर बिकास परिषदको अध्यक्ष र संगठनका सिरहा अध्यक्ष राजकुमार राउत सुरुङ्गा ना.पा -१ का वार्ड अध्यक्षमा निर्वाचित हुनुभएकोमा बधाई एवं सम्मान व्यक्त गरेको छ । 

    बैठकमा केन्द्रिय प्रचार बिभागका सचिव प्रकाश खतिवडा, संगठनका उपाध्यक्ष सितल साह, महासचिव भुपराज खडका, नेकपा एस पर्साका कार्यवाहक अध्यक्ष गंगा खडका,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, संगठनका सचिव एंव मधेस प्रदेशका इन्चार्ज सुभाष साह, सह- इन्चार्ज राघव साह लगाएतले मन्तव्य ब्यक्त  गर्दै संगठन निर्माणमा जुटनु पर्ने बताए । कार्यक्रमको संचालन केन्द्रीय सदस्य रमेश सुबेदीले गरेका थिए ।

    No description available.