असार १८ सिन्धुपाल्चोक । २०७८ साल असार १ गते आएको याङ्ग्री लार्के खोलामा आएको अकल्पनीय बाढीबाट पाँचपोखरी थाङ्पाल गाउँपालिकाको विभिन्न क्षेत्रमा नराम्ररी असर गर्यो । विपद् पश्चात पालिकाले सञ्चालनमा ल्याएको विपद् व्यवस्थापन कोषमा रोजीरोटीका क्रममा आफ्नो मातृभुमी छोडेर बैदेशिक रोजगारीमा रहनु भएका भोताङ् निवासी श्री सुमन तामाङ अगुवाईमा आफ्नो गाँस काटेर संयुत्त अरब ईमिरेटमा रहनु भएका सहयोगी मनका धनिहरुले यस पाँचपोखरी थाङ्पाल गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा १,७५,००० (अक्षरुपी एक लाख पचह्रत्तर हजार रुपैया) खातामा जम्मा गरिदिनु भएको छ ।
उक्त रकम जम्ममा गरेका उहाँहरुलाई गाउँपालिका हार्किक धन्यवाद ज्ञापन दिएको छ । साथै उक्त रकम जम्मा गर्ने वातावरण मिलाउनुहुने वडा नं ३ का वडा अध्यक्ष श्री ङिमाछिरिङ तामाङ धन्यवादका पत्र हुनुहुन्छ । उक्त्त रकम पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं २ याङ्ग्री निवासीहरु जो घरवारविहिन हुनु भएका खामसुङ्ग तामाङ २९०००, पुर्ण थिङ तामाङ २९०००, बिरमान तामाङ २९०००, कामी तामाङ २९०००, विवि तामाङ ३०००० र देवि तामाङलाई २९००० का दरले प्रदान गरिएको छ । फेरी पनि यो अमुल्य साथ र सहयोग गर्ने दानविरहरु प्रति पालिका हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्दछ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाले भनेको छ ।
.jpg)

