असार १८ सिन्धुपाल्चोक । जिल्लाको मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले काठमाडौं–जर्सिङपौवा–फट्केश्वर–मेलम्ची सडकखण्ड अन्तर्गत छाप भन्ज्याङदेखि फट्केश्वर सडक मर्मतको शनिवार स्थलगत अनुगमन गरेका छन् ।
मेलम्ची हुँदै काठमाडौं जाने छोटो दूरीको सडकलाई सहज आवतजावतका निम्ति उनले यसभन्दा अघिनै अनुगमनमा गइ तुरुन्त काम गर्न निर्देशन समेत दिएका थियो । अहिले सो सडकमा ग्राव्रेलको काम भइरहेको छ । बर्खा सुरुभएसँगै पहिरो खस्ने, सडक अवरुद्ध हुने, सवारी साधनहरु फस्नेलगायतका समस्या धेरै हुने हुँदा त्यसो हुन नदिन तत्काल सडक मर्मत तथा ग्रावे्रलको काम गर्न नगर प्रमुख तामाङले निर्देशन दिनु भएको थियो ।
.jpg)

