मंगलबार, कार्तिक १८ गते २०८३
images
images

विपन्न दलित महिलालाई बाख्रा वितरण

एक्सप्रेस पाना
आषाढ १९, २०७९ आइतबार
  • 289
    SHARES
  • विपन्न दलित महिलालाई बाख्रा वितरण

    असार १९ कञ्चनपुर । आर्थिक रूपमा विपन्न अवस्थामा रहेका दलित महिलाको आय आर्जनमा टेवा पु¥याउन शुक्लाफाँटा नगरपालिका वडा नं ९ ले आज निःशुल्क बाख्रा वितरण गरेको छ । वडामा बसोवास गर्ने २५ जना दलित महिलालाई बाख्रा वितरण गरिएको हो ।

    images

    वडा अध्यक्ष रमेशबहादुर ऐरका अनुसार आब २०७८र७९ मा विनियोजित रु चार लाख खर्च गरेर बाख्रा वितरण गरिएको छ । “वडाका विपन्न अवस्थाका दलित परिवारलाई एक वटाका दरले बाख्रा वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “यसबाट दलित परिवारको आय आर्जनमा टेवा पुग्छ । वितरण गरिएका बाख्राबाट जन्मिएको पाठापाठी वडा कार्यालयले खरिद गर्नेछ । ती बाख्राका पाठापाठीहरू अर्का विपन्न परिवारलाई वितरण गर्छौँ ।” यो प्रकृया निरन्तर चलाईने उहाँले बताउनुभयो ।

    बाख्रा वितरण कार्यक्रमको सुभारम्भ गर्दै नगर प्रमुख रणबहादुर महराले बाख्रापालन निर्वाहमुखीभन्दा व्यावसायिक बन्नुपर्ने बताउनुभयो ।

    images