मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट नेपाल एपीएफ अस्पतालको निरीक्षण

एक्सप्रेस पाना
आषाढ १९, २०७९ आइतबार
  • 334
    SHARES
  • सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट नेपाल एपीएफ अस्पतालको निरीक्षण

    काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालको असार १९ गते निरीक्षण गर्नुभई त्यहाँको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुभएको छ । महानिरीक्षक अर्यालले सो अस्पताल निरीक्षण तथा अनुगमनको क्रममा अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुसँग अन्तरक्रिया गर्नुका साथै सो अस्पतालले प्रवाह गरिरहेको स्वास्थ्य उपचार सेवा, थप गर्नुपर्ने आवश्यक संरचना तथा श्रोत साधन र व्यवस्थापकीय लगायतका विविध पक्षबारे जानकारी लिनु भएको होे ।

    images

    Hospital Inspection (3).JPG

    त्यसअवसरमा उहाँले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा सशस्त्र प्रहरी कर्मचारीहरुलाई सो अस्पतालबाट प्रवाह हुने उपचार सेवामा कुनै पनि कमिकमजोरी हुन नदिई संवेशनशील रहँदै उच्चस्तरीय सेवा प्रवाहमा क्रियाशिल रहन निर्देशन दिनुभयो । महानिरीक्षक अर्यालले त्यसअवसरमा ओपीडी, प्याथोलोजी, आईसीयू, अपरेशन कक्ष, बाल रोग विभाग, बिरामी वार्ड, फिजियोथेरापी, फार्मेसी तथा मेश लगायतको निरीक्षण र अनुगमन गर्नुभई जनरल वार्ड, आईसीयू, एचडीयू र भेन्टिलेटरमा रहेका बिरामीहरुको स्वास्थ्य अवस्थाबारे समेत जानकारी लिनुभएको हो ।

    images

    सशस्त्र प्रहरीद्वारा पटका बरामद
    महोत्तरी जिल्लाको सम्सी गाँउपालिका ७ रघुनाथपुर ईलाकाबाट असार १९ गते सशस्त्र प्रहरीले करीब १ लाख २० हजार रुपैयाँ बराबरको पटका बरामद गरेको छ । भारतबाट ल्याउँदै गरेको उक्त पटका सशस्त्र प्रहरी बल नेपाल बिओपी सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।