असार २० हेटौँडा । हेटौँडा १३ पदमपोखरीको आयोजनामा भएको जवान आत्मिक जागृति,संगीतिक सम्मेलन सम्पन्न भएको छ । कलबरी परौसिया चर्चका अध्यक्ष पास्टर दानिएल सिन्तानको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।
हेटौँडा १३ को पार्टी प्यालेसमा भएको कार्यक्रममा ३० वटा स्थानीय मण्डलीहरूबाट करिब २ सय भन्दा बढी ईसाई जवानहरुको सहभागिता रहेको थियो । सुरुवातको प्रार्थना गरी सुरु भएको एक दिने सम्मेलनमा युवामाझ लोकप्रिय गायक एड्रिन देवान, पास्टर सामु शाहुले सहजीकरण गर्नुभएको थियो ।

सो सम्मेलनमा बोल्दै कार्यक्रमका प्रमुख अथिति घलानले हिन्दुराज्यबाट धर्म निरपेक्ष राज्य ल्याउनको लागि सफल भएको भन्दै इसाईहरुको हकअधिकारको लागि सदैव लड्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘निर्वाचनको वेला ईसाईहरुको भोट पवित्र हुने तर चर्चलाई लगानी गर्न निधार खुम्च्याउने बानी अन्त्य गर्नुपर्छ ।’ ईसाई दाजुभाईहरुको मतले जितेको भन्दै आउँदा दिनमा ईसाईधर्मालम्बीहरुको हकअधिकारको सवाल आफुले सक्दो सहयोग गर्ने प्रमुख घलानले बताउनु भयो । उहाँले ईसाई समुदायहरुले सबैले जसरी सेवा सुविधा पाउनुपर्ने भन्दै उहाँले थप्नुभयो,‘अब प्रदेशले पनि चर्चलाई लगानी गर्नुपर्छ र संघले पनि लगानी गर्नुपर्छ ।’
सो सम्मेलनमा देवार र साहुले आशिषमय वचन प्रचार गर्नु भएर जवानहरुलाई आशिषित तुुल्याउनु भएको थियो । सम्मेलनको अन्त्यमा अन्तिम तथा समापनको प्रार्थना परौसिया चर्चका पास्टर दानिएल सिन्तानले आषिशको प्रार्थना गर्दै समापन गर्नु भएको थियो । कुमार सुनाम९ अब्राहम ०ले संचालन गर्नु भएको कार्यक्रममा उपस्थित युवा जवानहरुले यो सम्मेलन एकदमै आशिषमय भएको प्रतिक्रिया दिएका छन् ।
कोभिड–१९ ले जवान युवाका सवालमा पारेको प्रभाव र यूवाहरुको आत्मिक, समाजिक, नैतिक र बौद्धिक विकास गर्ने उदेश्यका साथ युवा सम्मेलन आयोजना गरेको कलबरी परौसिया चर्चका पास्टर सिन्तानले बताउनु भयो । उहाँले भन्नुभयो,‘हरेक वर्ष यूवाहरुको बिचमा गर्दै आईरहेको आत्मिकी जागृति कार्यक्रम विगत लामो समयदेखि कोभिड १९ को माहामारीको कारण निरन्तरता दिन नसेका कारण अहिलेको अवस्थामा जवान युवाहरुलाई पुर्नताजकीको लागि पनि यो सम्मेलनको आयोजना हौँ ।’ आउदा दिनमा समेत यस्तै कार्यक्रम गर्दै जाने समेत उद्घोष गर्नु भएको थियो ।
यस्तै कार्यक्रममा पत्रकारिताको माध्यमबाट सम्मेलनलाई सफल बनाउन योगदान दिएको भन्दै हजुरको खबर डटकमका प्रमुख रुपक कालिराज, हेटौँडा १३ का नवनिर्वाचिन जनप्रतिनिधिहरु, पास्टरहरु,विभिन्न युवा लिडर तथा हहयोगीहरुलाई प्रमाण—पत्रबाट सम्मान गरेको थियो ।
.jpg)


