मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सशस्त्र प्रहरीद्धारा लागूऔषधसहित दुई जना पक्राउ

एक्सप्रेस पाना
आषाढ २०, २०७९ सोमबार
  • 239
    SHARES
  • सशस्त्र प्रहरीद्धारा लागूऔषधसहित दुई जना पक्राउ

    सुनसरी । सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित सीमा ईलाकाबाट असार १९ गते सशस्त्र प्रहरीले बिभिन्न किसिमका आगुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उदयपुर जिल्लाको चौदन्डी नगरपालिका ३ बस्ने २५ बर्षिय कुमार राई र २५ बर्षिय अर्जुन राई छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेनारागन २१ वटा, डाइजेपाम २२ वटा र लिजेसिक २२ वटा फेला पारिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीमा बुझाईएको छ ।

    images

    सशस्त्र प्रहरीद्धारा चोरीपैठारीको सामान बरामद
    सुनसरी जिल्लाको ईनर्वा नगरपालिका १० विविया तथा भोक्रहा नरसहि गाउँपालिका ८ स्थित घिर्नी पुलबाट असार १९ गते सशस्त्र प्रहरीले करीव १ लाख २८ हजार रुपैयाँ बराबरको १४ बोरा चिनी र ४ सय ४९ थान छाता बरामद गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीबाट खटिएको टोलीले बरामद गरेको हो ।

    यसैगरी धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट असार १९ गते सशस्त्र प्रहरीले करीव १ लाख ९३ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उतm लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

    images

    काठ बरामद
    कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ९ ब्रम्हदेव स्थित महाकाली नदिको किनारबाट असार २० गते सशस्त्र प्रहरीले करीव १ लाख ५३ हजार रुपैयाँ बराबरको ५१ क्यूफिट सिसौको काठ बरामद गरेको छ । बेवारिसे अवस्थामा रहेको उक्त काठ सशस्त्र प्रहरी बल नेपाल बिओपी ब्रम्हदेवबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सामुदायिक वन उपभोक्ता कार्यालय ब्रम्हदेवमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बेल्वाबाट खटिएको सशस्त्र प्रहरीले असार २० गते करीव ९० हजार रुपैयाँ बराबरको ३० क्यूफिट सालको गोलिया काठ बराद गरेको छ ।

    अवैध रुपले कटान गरी चारवटा साईलकमा राखेर ल्याउँदै गरेको उक्त काठ सशस्त्र प्रहरीले पर्सा जिल्लाको पर्सागढी नगरपालिका ३ बाट बरामद गरेको हो । त्यसवेला उक्त काठ ल्याउन प्रयोग भएको चारवटै साईकल समेत बरामद गरिएको छ । बरामद काठ तथा साईकल सव डिभिजन वन कार्यालय सवैयामा बुझाईएको छ ।

    पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्वारा फेला
    पाल्पा, पाल्पा जिल्लाको तिनाउ गाउँपालिका २ सिद्धबाबा स्थित तिनाउ नदिमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका भारतको उत्तर प्रदेश बस्ने २० वर्षिय नन्द कुमार निसादको शव सशस्त्र प्रहरीले असार १९ गते फेला पारेको छ । उनीसँगै बेपत्ता भएका १८ वर्षिय सनी कुमारको भने खोजी कार्य भईरहेको छ ।

    सिद्धबाबा मन्दिरको दर्शन गरी फर्कदै गरेका उनीहरु उक्त खोलामा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बुटवलबाट खटिएको सशस्त्र प्रहरीले निज निसादको शव रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका १९ भडगैया स्थित तिनाउ नदिको नहरबाट निकाली स्थानीय प्रहरीमा बुझाईएको छ ।