असार २१ काठमाडौं । बर्षाको समयमा पानीको कारण बाटो हिलो हुनु त शोभावि कै हो । तर यतिबेला देशकै ठूलो शहर अर्थात् राजधानी काठमाडौं दुर्गन्धित बनेको छ । विशेषगरी पछिल्लो समय काठमाडौंको फोहोर उठाउनै ठूलो चुनौतीपूर्ण रहेको छ ।
विगतमा काठमाडौंको फोहोर नुवाकोटको डम्पिङ्ग र बन्चरे डाडाँ विसर्जन गर्ने गरिएको थियो । तर पछिल्लो समय त्यहाँका बासिन्दाले फोहोर विसर्जन गर्न अवरोध पुर्याइ रहेको हामी सबैलाई अवगत नै छ ।
यत पूर्व अरनिको यातायात प्रा. लि. काठमाडौं चौतारा, तातोपानी बाह्रबिसे, जलविरे टिक बुकिङ काउन्टरमा यतिबेला टिकट काट्ने स्टाफ बस्दैनन् । काउन्टरको छेउमै तरकारीको फोहोरले दुर्गन्धित भएपछि त्यहाको काउन्टरमा टिकट काट्ने स्टाफ नबसेका हुन् । जसको असर यतिबेला गन्तव्य तर्फ जाने यात्रुले टिकट काउन्टरमा टिकट काटन्न जाँदा भोग्नु परेको छ ।
पहिला रत्नपार्कमा रहेको पुरानो बसपार्क हटाइएको पनि लामो समय भइसकेको छ । जसको कारण पूर्व अरनिको यातायात प्रा.लिले तीनकुने स्थित तरकारी बजारको छेउमै एउटा टिकट बुकिङ्ग काउन्टर सञ्चालनमा ल्याएको पनि धेरै भइसक्यो । पहिलले तरकारी बजारको फोहोर नियमित समयमै उठ्ने गरेको थियो भने यतिबेला उठ्न महिनै दिन कुर्नु परेको छ ।
टिकट काउन्टरमा टिकट काट्नको निमित्त बस्ने एक ब्यक्तिका अनुसार पहिले पहिले तरकारी बजार खुल्ला रुपमा थियो र फोहोरका गाडी सहजै भित्र जान सक्थ्यो तर अहिले फोहोर उठ्नै महिनै लाग्ने र फोहोरका गाडी भित्र जान पनि सक्ने ठाउँ छैन । तरकारी व्यवसायीहरुले फोहोरलाई तरकारी बजारबाट करिब एक सय, दुई मिटर जति बोकेर लानुपर्छ । महिनै दिनपछि बल्लबल्ल फोहोर उठ्छ त्यही पनि दुर्गन्धित भएको हुन्छ । जसको कारण दिनहुँजसो यही काउन्टर नजिकै फोहोर फाल्ने गरेका छन् ।
उनी थप्छन् हाम्रो काम काउन्टरमा बसेर टिकट काट्ने हो । तर काउन्टर अगाडि नै यस्तो तरकारीको फोहोरले दुर्गन्धित बनाएको छ । त्यही कारण हामी काउन्टरमा बस्न सकेका छैनौं । हामी बिहान ५ बजे आउँछौं काउन्टर खोल्छौं र दिउँसो चार बजे बन्द गरेर फर्किन्छौं । हामीले यस्तो गरेको २/४ दिन जति भयो उनले भने ।
.jpg)


