मंगलबार, कार्तिक १८ गते २०८३
images
images

चितवनमा चट्याङ लागेर १४ रोपाहार घाइते

एक्सप्रेस पाना
आषाढ २३, २०७९ बिहीबार
  • 275
    SHARES
  • चितवनमा चट्याङ लागेर १४ रोपाहार घाइते


    असार २३ काठमाडौं ।  चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् ।  
     
     कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
     
     घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अन्य नौ जना गए राति नै उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । घाइते पाँच जनाको अवस्था खतरामुक्त रहेको छ । बुधबार साँझ ६ बजेको समयमा चट्याङ परेको बताइएको छ ।

    images