असार २३ काठमाडौं । काङ्ग्रेस बागमती प्रदेश प्रतिनिधि मनोज तामाङको जन्मोउत्सव नयाँ जीवनमा
सिन्धुपाल्चोक हेलम्बुका मनोज तामाङले आफ्नो ३३औँ जन्मोत्सव नयाँ जीवन नेपाल गोकर्णेश्वर काठमाडौंमा मनाउनुभएको छ ।

उहाँले सो केन्द्रमा रहेका अनाथ बाबालिकाहरुलाई राशन ,चामल ,दाल, नुन, तेल, चाउचाउ, बिस्कुट लगायत १५ हजार २१० रुपैयाँ बराबरको सहयोग गरेर जन्मोत्सव मनाएको बताउनुभयो । जन्मदिनको अवसरमा गरिने अनावश्यक खर्चलाई कटाएर अनाथ बालबालिकालाई सहयोग गर्न पाउँदा आफुलाई खुशि लागेको तामाङको भनाई छ । नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि समेत रहेका तामाङले आगामि दिनमा पनि यस्तै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।


.jpg)


