मंगलबार, कार्तिक १८ गते २०८३
images
images

फेरी बढ्यो सार्वजनिक बसको भाडा

एक्सप्रेस पाना
आषाढ २८, २०७९ मंगलबार
  • 319
    SHARES
  • फेरी बढ्यो सार्वजनिक बसको भाडा

    असार २८ काठमाडौं । सोमबारदेखि रातिदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा दर बढेको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै अन्तर प्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडा दर बढेको जनाएको हो ।

    images

    विभागका अनुसार यात्रुवाहक गाडीमा एक दशमलव ७९ प्रतिशतले भाडा बढेको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा दुई दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ६ प्रतिशतले भाडा दर समायोजन भएको छ ।

    वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रूपमा भाडा दर परिवर्तन हुने उल्लेख छ ।

    images