असार २९ काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा भएको आगलागी भएको छ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज अपराह्न आगलागी भएको हो । प्रहरीका अनुसार यहाँस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो । अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् ।







.jpg)


