मंगलबार, कार्तिक १८ गते २०८३
images
images

हेटौंडा शहिद स्मारकमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइयो गुरू पूर्णिमा

एक्सप्रेस पाना
आषाढ २९, २०७९ बुधबार
  • 300
    SHARES
  • हेटौंडा शहिद स्मारकमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइयो गुरू पूर्णिमा

    असार २९ हेटौंडा । आज देशै भर भानु जयन्ती तथा गुरू पूर्णिमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइयो । यसै सन्दर्भमा हेटौंडा शहिद स्मारक स्थित हेटौंडा एकेडेमीले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरि २०९औं भानु जयन्ति तथा गुरु पूर्णिमा कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ  ।

    images

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रका सभापति श्री अरुण राज सुमार्गीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको गुरु पूर्णिमा विशेष कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन, अभिनय लगायत विभिन्न विधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कक्षा १० कि छात्रा प्राश्ना गौतमको अध्यक्षतामा भएको र कक्षा १० कै छात्र गौरव फुयाल र छात्रा मानवी रिजालले संचालन गरेको उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न क्षेत्रमा आफुलाई सघाउने गुरु(गुरुआमाहरूलाई उपहार सहित सम्मान गरेका थिए ।

    No description available.

    images

    उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्री अरुण राज सुमार्गीले विद्यार्थीहरुद्वारा आफ्ना गुरु(गुरुआमाहरूलाई सम्मान गरको देख्दा आफुलाई ज्यादै खुशी लागेको र यो एउटा असल संस्कार भएको भएको बताउनु भयो, यस्तो असल संस्कार सिकाउन सफल भएकोमा हेटौंडा एकेडेमीको सम्पूर्ण टिमलाई सुमार्गीले  बधाई एवम् धन्यवाद ज्ञापन समेत गर्नुभयो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रमुख कार्यकारी अधिकृत श्री रमेश रिमालले यस्ता कार्यक्रम हेटौंडा एकेडेमीले भन्दै आइरहेको “ संस्कार युक्त शिक्षा ” को एउटा सानो पाटो मात्र रहेको र आगामी दिनमा विद्यार्थीहरुकै अग्रसरतामा अन्य थुप्रै कार्यक्रमहरु अझ सभ्य र भव्य रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नु भयो ।

    आजै हेटौंडा एकेडेमीले २०९औं भानु जयन्तिको अवसरमा साहित्यिक कार्यक्रमको समेत आयोजना गर्यो  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री अरुण राज सुमार्गीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम बिद्यालयमा कक्षा ८ मा अध्यनरत विद्यार्थीहरु आँचल सुबेदी र साबिक कंडेलले संचालन गरेका थिए । प्रवासमा (सिलगुडी, भारत) रहेर पनि नेपाली भाषा साहित्यको उन्नयनमा लागिपर्नु भएका साहित्यकार, कलाकार एवम् पूर्व शिक्षक मुक्ति बरालले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नु भएको उक्त साहित्यिक कार्यक्रममा हयग्रीव आचार्यले विशिष्ठ अतिथिको रुपमा सम्बोधन गर्नुभएको थियो । प्रमुख अतिथि बरालले हेटौंडा एकेडेमीले आफुलाई सम्झिएकोमा खुशी व्यक्त गर्दै दार्जिलिंग सिलगुडीमा भानुभक्तलाई देउता जस्तै मान्ने कुरा व्यक्त गर्नुभयो । 

    No description available.

    यस्ता साहित्यिक कार्यक्रमले विद्यार्थीहरुमा साहित्यिक संस्कारको विकास गर्ने हुदा यस्ता कार्यक्रमहरू विद्यालयमा निरन्तर आयोजना हुनुपर्छ भन्दै प्रमुख अतिथि बरालले हेटौंडा एकेडेमी र यसमा अध्यनरत विद्यार्थीहरुको सफलताको कामना गर्नुभयो । विशिष्ठ अतिथि आचार्यले हेटौंडा एकेडेमी यो क्षेत्रकै उदाहरणीय विद्यालय रहेको भन्दै सधैं सकारात्मक संस्कार विकास गर्ने कुरामा अग्रणी भूमिका निभाएको कुरा व्यक्त गर्नुभयो ।
    विद्यालय व्यवस्थापन समितिकी सदस्य अंकिता सुमार्गीले कार्यक्रम सफलताको शुभकामना दिदै हाइकु समेत सुनाउनु भएको थियो ्उक्त कार्यक्रममा विभिन्न कक्षामा अध्यनरत विद्यार्थीहरुले रचना वाचन समेत गरेका थिए । साहित्यिक कार्यक्रम समापन गर्दै अध्यक्ष अरुण राज सुमार्गीले यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनको लागि मौका प्रदान गर्ने हुदा सम्पूर्ण विद्यार्थी हरुले मौकाको फाइदा लिनुपर्ने बताउनु भयो ।

    No description available.