मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

एक्सप्रेस पाना
आषाढ ३०, २०७९ बिहीबार
  • 1.2K
    SHARES
  • सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

    असार ३० काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ भरौलीस्थित चतरा–पकली सडकखण्डमा गए राति सवारी दुर्घटनामा परेर एक साइकलयात्रीको मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा बराहक्षेत्र-५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को१च ७७९१ नम्बरको टाटा सुमोले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्री धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । 

    गम्भीर घाइते धामीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने चालक उदयपुरको बेल्टार-७ का ४३ वर्षीय समिर ओझालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    images