मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पोखरीमा बालकको शव भेटियो

एक्सप्रेस पाना
आषाढ ३१, २०७९ शुक्रबार
  • 338
    SHARES
  • पोखरीमा बालकको शव भेटियो

    असार ३१ जलेश्वर । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–४ बरथटोलमा पोखरीमा डुबेका अवस्थामा गए राति एक बालकको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार गए राति स्थानीय भाग्यनारायण यादवका छोरा दुई वर्षीय सार्थक यादवको शव गाउँकै शिवजी पोखरी फेला परेको हो ।

    images

    बालक सार्थक घरबाट खेल्न भनी निस्केकामा अबेर साँझसम्म घर नफर्केपछि परिवारजनले खोज्दै जाँदा उनी पोखरीमा डुबेको अवस्थामा फेला परेको थियो ।