बुधबार, कार्तिक १९ गते २०८३
images
images

साँखुमा मानव कङ्काल फेला

एक्सप्रेस पाना
श्रावण २, २०७९ सोमबार
  • 491
    SHARES
  • साँखुमा मानव कङ्काल फेला

    साउन २ काठमाडौं । शङ्खरापुर नगरपालिका–३ साँखुको वनमा मानव कङ्काल फेला परेको छ । खहरे खोला नजिकै फेदीको वनमा उक्त कङ्काल फेला परेको हो । मानव कङ्काल देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

    images

    महानगरीय प्रहरी वृत्त बौद्ध र अपराध अनुसन्धानको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरिक्षक दिनेशराज मैनालीले बताए । घटनाबारे अनुसन्धानपछि थप कुरा खुल्ने पनि प्रहरीले जनाएको छ ।