साउन २ काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा साउन २ गते आयोजित एक समारोहका बीच नेपाल सरकार माननीय मन्त्रीस्तरको असार २८ गतेको निर्णयले सशस्त्र प्रहरी बल नेपालको साधारण समुह, लेखा उप समूहतर्फको सशस्त्र प्रहरी उपरीक्षक पदबाट सोही उप-समूहको सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर हुनुभएका होम ज्ञवालीलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो ।

त्यसअवसरमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर हुनुभएका ज्ञवालीलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना दिनुहुँदै संगठनमा खाली रहेका विभिन्न समूहका सबै पदहरुमा तत्कालै बढुवा गर्ने गरी संगठन नेपाल सरकार गृह मन्त्रालय सँग समन्वयका साथ अगाडी बढिरहेको बताउनुभयो । उहाँले सशस्त्र प्रहरी अधिकृत जवानहरुले उत्कृष्ट कार्यसम्पादनका साथ राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा आ-आफ्नो ठाउँबाट पुर्याएको योगदानले सांगठनिक विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुहुँदै राष्ट्रसेवक सशस्त्र प्रहरीहरुले फौजी अनुशासनमा रहँदै दर्जा अनुरुप प्राप्त जिम्मेवारी निर्वाह गर्ने क्रममा आर्थिक अनुशासनको पूर्ण पालना गर्दै कार्यसम्पादनमा जुट्नु पर्नेमा जोड दिनुहुँदै सशस्त्र प्रहरी बल नेपालका कुनै पनि ईकाइ तथा कर्मचारीहरुबाट आर्थिक पक्षमा समस्या तथा गुनासोहरु नआउने गरी पूर्ण व्यवसायिक भई सेवा प्रवाहमा लाग्न अधिकृतहरुलाई त्यसैअवसरमा निर्देशन दिनुभयो ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
सशस्त्र प्रहरी अधिकृतहरुलाई फ्रेन्च भाषा प्रशिक्षण सुरु
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा साउन २ गतेदेखि सशस्त्र प्रहरी अधिकृतहरुलाई लक्षित गरी फ्रेन्च भाषा प्रशिक्षण
कक्षा संचालन गरिएको छ । सो प्रशिक्षण कार्यक्रमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।
सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले फ्रेन्च भाषाको आवश्यकता र महत्व दिनानु दिन बढ्दै गईरहेको चर्चा गर्नुहुँदै संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा तैनाथीको लागि जाने सशस्त्र प्रहरी कर्मचारीहरुलाई लक्षित गरी फ्रेन्च भाषामा दक्ष बनाउँदै लैजाने संगठन प्रमुखको उद्देश्य अनुरुप उक्त प्रशिक्षण कक्षा संचालन गरिएको बताउनुभयो ।
उहाँले संयुक्त राष्ट्रसंघको अफिसियल भाषाहरु मध्ये फ्रेन्च भाषा एक महत्वपूर्ण भाषा रहेकोले सशस्त्र प्रहरी कर्मचारीहरुलाई उक्त भाषामा दक्ष
बनाई भविष्यमा विभिन्न मिशनमा खटिँदा भाषा सम्बन्धमा कुनै कठिनाईहरु नआओस र भविष्यमा विभिन्न मिशन ईलाकामा खटिनु पुर्व फ्रेन्च भाषामा लिईने परिक्षामा समेत धेरै भन्दा धेरै उत्तिर्ण भई सशस्त्र प्रहरीको सहभागिता बढ्ने विश्वासका साथ भाषा प्रशिक्षण सुरु गरिएको बताउनुभयो ।
त्यसअवसरमा एलायन्स फ्रँसेका डेपुटी डाईरेक्टर प्रविण राणाले फ्रेन्च भाषाको महत्व तथा आवश्यकता माथि प्रकाश पार्नुहुँदै सशस्त्र प्रहरी बल नेपाल र फ्रान्सेली संस्थाबीच समझदारी गरी उक्त भाषा प्रशिक्षण कक्षा सुरु गरिएको बताउनुभयो । उक्त फ्रेन्च भाषा प्रशिक्षणमा ४ जना सशस्त्र प्रहरी उपरीक्षक सहित कुल ४० जना सशस्त्र प्रहरी अधिकृत तथा जुनियर अधिकृतहरुको सहभागीता रहेको छ ।
खोला तर्ने क्रममा बगेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
बारा जिल्लाको निजगढ नगरपालिका ८ स्थित बकैया खोला तर्ने क्रममा बगेका सोही ठाँउ बस्ने ७८ बर्षिय यमलाल अधिकारीलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । एक जना व्यक्तिलाई खोलाले बगाएको भन्ने जानकारी पाउनासाथै तत्कालै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस निजगढबाट खटिएको सशस्त्र प्रहरीले निज अधिकारीलाई घटनास्थलभन्दा करीब पाँच सय मिटर तलबाट सकुशल उद्धार गरेको हो ।
.jpg)


