मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बिशेष कार्यदल गणमा संचालित सि.संं. ८ स्नाइपर तालिम सम्पन्न

एक्सप्रेस पाना
श्रावण ४, २०७९ बुधबार
  • 402
    SHARES
  • बिशेष कार्यदल गणमा संचालित सि.संं. ८ स्नाइपर तालिम सम्पन्न

    साउन ४ काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी काठमाडांैमा संचालित सि.सं. ८ स्नाइपर तालिम सम्पन्न भएको छ । उक्त तालिमको सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक बिनोदराज श्रेष्ठले साउन ४ गते सोहि गणमा आयोजित एक कार्यक्रमका बीच समापन गर्नुभएको हो । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक श्रेष्ठले तालिममा सर्वोत्कृष्ट सशस्त्र प्रहरी जवान नविन आले र चाँदमारीतर्फ सर्वप्रथम हुनुभएका सशस्त्र प्रहरी जवान सरोज कुमार रामलाई पुरस्कार प्रदान गर्नुकासाथै तालिम सफलतापूर्वक सम्पन्न गर्ने सम्पूर्ण प्रशिक्षार्थीहरुलाई हार्दिक बधाई दिनुभयो ।

    images

    उहाँले यस्ता तालिमले फौजमा निखारपन ल्याई शारीरिक र मानसिक रुपमा चुस्त र दुरुस्त राख्ने बताउनुहुँदै प्रशिक्षार्थीहरुले तालिममा सिकेका ज्ञान,
    सिपलाई कार्यक्षेत्रमा पूर्ण व्यवसायिक भई कार्यसम्पादनको क्रममा उपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार डाँगीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । पाँच हप्ता अवधिको उक्त तालिम १ जना महिला सहित कुल ३६ जना सशस्त्र प्रहरी कर्मचारीहरुले  सफलतापुर्वक सम्पन्न गरेका छन् । 

    १ (2) स्नाइपर तालिम समापन .JPG

    images

    कार्यक्रममा सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक हर्कराज पन्त, सिनियर तथा जुनियर अधिकृत लगायत सशस्त्र प्रहरी विल्लादार तथा जवानहरुको उपस्थिती रहेको थियो ।

    विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा चार जना पक्राउ
    महोत्तरी जिल्लाको सोनमा गाउँपालिका २ स्थित खखना चोकबाट साउन ३ गते सशस्त्र प्रहरीले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १९ वर्षिय शंकर यादव, १८ वर्षिय राजदेव यादव र १७ वर्षिय अबधेश यादव छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रघुनाथपुरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा एक्जीप्लोन १ बोतल, निट्जाकेयर ३० पत्ता र १ ग्राम गाँजा फेला पारेको हो ।

    पक्राउ परेकाहरुलाई बरामद लागूऔषध सहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गौशालामा बुझाईएको छ । यसैगरी पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका ५ स्थित प्रसौनिभाठाबाट साउन १ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको पटेर्वा सुगौलि गाउँपालिका ३ बस्ने १७ बर्षिय मन्जित महरा चमार छन् ।

    सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट प्रसौनिभाठाबाट खटिएको सशस्त्र प्रहरीले बा ५२ प ६१४६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ
    आउँदै गरेका निज चमारलाई शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ३ सय वटा, डाईजेपाम ५१ वटा, नोफिन ५१ वटा र फेनारगन ४९ वटा फेला पारेको हो । त्यसवेला सशस्त्र प्रहरीले सो मोटरसाईकल समेत बरामद गरेको छ । निजलाई बरामद लागूऔषध तथा मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

    सशस्त्र प्रहरीद्वारा ३० के.जी. गाँजा बरामद
    महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ७ स्थित महादेवपट्टिबाट साउन ४ गते सशस्त्र प्रहरीले करीव ३० के.जी. गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी जलेश्वरबाट खटिएको सशस्त्र प्रहरीले सो ठाउँमा रहेको खेतमा बेवारीसे अवस्थामा रहेको उल्लेखित परिमाणको गाँजा बरामद गरेको हो । बरामद गाँजा जिल्ला प्रहरी कार्यालय जलेश्वरमा बुझाईएको छ ।


    पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका गुरुङ्गको शव सशस्त्र प्रहरीद्वारा फेला
    कास्की जिल्लाको पोखरा महानगरपालिका १७ दोविल्ला स्थित फुस्रे खोलामा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले साउन ३ गते फेला पारेको छ । नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका ४ घर भई पोखरा महानगरपालिका १४ बस्ने २४ वर्षिय विवेक गुरुङ्ग उक्त खोलामा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक उमेश ढकालको कमाण्डमा खटिएको गोताखोर सहितको टोलीले खोजीकार्य गर्दा उनको शव घटनास्थल भन्दा करीव २ सय मिटर तल पानीमा बगिरहेको अवस्थामा फेला पारेको हो ।