मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सिन्धुपाल्चोकमा बाढीले सडक भत्काउँदा काठमाडौं आउने यातायात अवरुद्ध

एक्सप्रेस पाना
श्रावण ५, २०७९ बिहीबार
  • 270
    SHARES
  • सिन्धुपाल्चोकमा बाढीले सडक भत्काउँदा काठमाडौं आउने यातायात अवरुद्ध

    साउन ५ सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बाढी तथा पहिरोले ठाउँठाउँमा सडक भत्काउँदा राजधानी काठमाडौं आउने यातायात अवरुद्ध भएको छ। 

    images

    स्थानीयका अनुुसार हेलम्बु–काठमाडौं सडकअन्तर्गत ग्याल्थुममा पहिरो खसेको छ भने बाढी पसेर सडक भत्काएको छ। जसले गर्दा काठमाडौंबाट सिन्धुपाल्चोक जाने तथा सिन्धुपाल्चोकबाट काठमाडौं आउने सवारीसाधन तथा यात्रु बीच बाटोमै अलपत्र परेका छन्। 

    ‘हिजो बेलुकादेखि मेलम्चीमा नदीमा बाढी बढ्यो। ग्याल्थुममा​​पहिरो गएको छ। चौतारा र काठमाडौं जाने गाडी र यात्रु बीच बाटोमै रोकिएका छन्, सडकमा बाढी पसेको छ, सडक भत्काएको छ’, ‘​सिमखेत भन्ने स्थानमा सडक नै बगाएको स्थानीयले जानकारी दिएका छन्।’

    images